कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ । मानिस यसरी पनि मुर्ख बन्दो रहेछ र नराम्ररी झुक्किँदो रहेछ की …….. लाई भन्दा देख्नेलाई लाज भन्ने उखान ठ्याक्कै चरितार्थ हुँदोरहेछ । चीनमा हालै बाढिपीडितको उद्धारका लागि खटिएका पुलिसको हविगत यस्तै भयो ।

पानीमा झण्डै डुब्न लागेको यौन खेलौनालाई उद्धार गर्नका लागि १८ सदस्यीय उक्त प्रहरी टोलीले ठूलै रेस्क्यू अपरेसन संचालन गर्नुपरेको घटनाले ती पुलिसलाई लज्जित त बनायो नै देख्ने र सुन्नेलाई पनि मज्जाले मनोरञ्जन खुराक मिल्यो ।

वास्तवमा उक्त यौन खेलौना कुनै महिला भएको आशंकामा उद्धारकर्ताहरुले उनलाई पानीबाट बाहिर निकाल्न ठूलै प्रयास गरेका थिए । उनीहरुले झण्डै एक घण्टाको प्रयासपछि त्यसलाई किनारामा ल्याए । तर जब महिला भनिएको उक्त वस्तुलाई पानीबाट निकालेर बाहिर ल्याइएपनि त्यो कुनै मान्छे नभएर प्रयोगमा आएर फ्याँकिसकिएको सेक्स टोय रहेको कुरा पत्ता लाग्यो त्यसपछि त्यहाँ ठूलै हल्लीखल्ली भयो ।

जब उक्त नाटकीय घटनाको पटाक्षेप भयो त्यहाँ जम्मा भएका १ हजार भन्दा बढि मान्छेको भिडलाई ठूलै मसला मिल्यो । त्यतिबेलासम्म महिला भनिएको उक्त वस्तुको उपचारका लागि भन्दै चिकित्सक टोली तथा अरु उद्धारकर्ताहरु समेत त्यहाँ आइपुगेका थिए । यथार्थ कुरो थाहा पाएपछि सबै तिनछक परे ।

मरिहत्ते गरेर नदिको बिचबाट ल्याएको वस्तु मान्छे नभएर यौन खेलौना भएको पत्तो पाएपछि उद्धारकर्ता पुलिसहरुले मजाक गर्दै उक्त खेलौना उपस्थित मानिसहरुको भिडतिर फ्याँके । पछि त्यो यौन खेलौनालाई नष्ट गरियो । उद्धारकर्मी पुलिसहरुले उक्त यौन खेलौना दुरुस्तै महिला जस्तो देखेर आफुहरुले उद्धार कार्य गरेको स्पष्टीकरण दिएका छन् ।